मोटरसाइकल सडकदेखि डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु, भुवन हाम फलेर बाँचे

मंगलबार, असार १७, २०८२

दाङ । रुकुम पूर्वमा मोटरसाइकल दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४५ बर्षीय दलप्रसाद सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिएका छन् ।

सोमबार बेलुकी साढे ६ बजेतिर सुनार सवार रा ३ प ४५३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गर्दा सुनारले चलाएको मोटरसाइकल तातोपानी नजिकैको गोरेटो बाटोमा चिफ्लिएर पल्टिएको र चालक सुनार मोटरसाइकल संगै झन्डै डेढ सय मिटर तल पुग्दा मृत्यु हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय भुवन केसीले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्