मुगुमा लगातार भूकम्प, आज पनि ४.३ रेक्टरको भूकम्प

सोमबार, असार १६, २०८२
Honor 600 pro

मुगु। मुगुमा भूकम्प जाने क्रम जारी छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको छ।

यसअघि, यही असार १५ गते पनि मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय साना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले भूकम्पको उच्च जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्