सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा आज दिउँसो धान रोपिरहेको बेला चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ दाङकी ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर स्थानीय २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरिमा थारु घाइते भएका छन् । धान रोपिरहेका बेला तीन जनालाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका तीनै जनालाई स्थानीय राप्तीसोनारी अस्पताल पुर्याइएको थियो। तर, सीताको उपचारकै क्रममा मृत्यु भएको थियो भने अन्य दुई जना घाइतेलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको छ ।
मृतक सीता राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित माइती घरमा धान रोप्नका लागि आएको प्रहरीले जनाएको छ ।