नेपालगन्ज बजार नजिक एक युवक मृत फेला

आइतबार, असार १५, २०८२
Honor 600 pro

नेपालगन्ज । नेपालगन्ज बजार नजिक एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान १० बजे अन्दाजी ३५-३६ वर्षीय पहिचान नखुलेका युवक नेपालगन्ज उपमहानगरपालिका-६ कान्तिताल जाने बाटोमा मृत फेला परेका थिए।

प्रहरीलाई खबर मिले पश्चात् तत्कालै भेरी अस्पताल लगिए पनि ती युवकलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीले अस्पताल लैजानु अघिनै घटनास्थलमा ती युवक मृत अवस्थामा नै रहेको हुन सक्ने अनुमान गरेको छ।

पहिचान नखुलेका ती युवकको शव भेरी अस्पतालमा राखिएको हुँदा उनलाई चिन्ने व्यक्तिले प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरीले सम्बन्धित सबैलाई आग्रह गर्दै प्रहरी थप अनुसन्धानमा अगाडि बढेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्