नेपालगञ्ज उपमहानगरका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण

शनिबार, असार १४, २०८२

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीका लागि सकारात्मक सोच सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Honor x5c

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुका लागि सकारात्मक सोच सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको हो ।

बरिष्ठ प्रशिक्षक विनोद कुमार विष्टले सकारात्मक सोच सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अभिमुखीकरणले सकारात्मक सोच र उर्जा पैदा भई कार्य सम्पादनमा अझ उत्कृष्टता हासिल हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा स्वास्थ्य महाशाखाका सिनियर जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत लगायत विभिन्न शाखा, वडा, स्वास्थ्य संस्थाका सबै कर्मचारीहरुको उपस्थिति रहेको प्रशासन प्रमुख इन्द्र केसीले बताए । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्