डुडुवाको लिहारपुरूवामा करेन्ट लागेर एक युवकको मृत्यु

शुक्रबार, असार १३, २०८२
Honor 600 pro

बाँके । बाँकेको डुडुवा गाउँपालिकास्थित लिहारपुरूवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

डुडुवा गाउँपालिका वडा नम्बर ६ लिहारपुरूवाका ३४ वर्षीय राजाराम धोबीको आफ्नै घरमा सन्चालन गरेको  किराना पसलमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

बिहीवार राति करेन्ट लागेर गम्भीर घाइते भएका राजारामको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्