बन्चरोले हानेर दाइले गरे भाइको हत्या

शुक्रबार, असार १३, २०८२
Honor 600 pro

अर्घाखाँची । आफ्नै दाइले भाइको बन्चरोले हानेर हत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका-६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको  अर्घाखाँची प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बेला आपसी विवादमा दाइ विष्णुबहादुरले भाइ बमबहादुरलाई बन्चरोले हत्या गरेका हुन् । 

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बमबहादुरलाई उद्दार गरेर अस्पताल लगेपनि उनको उपचारका क्रममा मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

भाइको हत्या गरेर फरार भएका विष्णुबहादुरलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि घटनाको थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्