Dashain Banner
Dashain Banner

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

बुधबार, असार ११, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् ।

प्रहरीका सहायक हवल्दारसमेत रहेका राष्ट्रिय टोलीका उपकप्तान ऐरीले राजीनामा दिएका हुन्। ऐरी वि.स.२०७३ मा नेपाल प्रहरी जवानमा भर्ना हुँदै नेपाल पुलिसबाट नेपाली क्रिकेटमा उदाएका थिए।

क्रिकेटर ऐरीले केही महिनाअघि प्रहरी सेवाबाट राजीनामा दिएपनि  केही दिनअघि मात्रै राजीनामा स्वीकृत भएको प्रहरी श्रोतले बतायो।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्