घरायसी विवादपछि श्रीमान् श्रीमतीले भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु

बुधबार, असार ११, २०८२

चितवन।  घरायसी विवादपछि श्रीमान् श्रीमतीले भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।

चितवनस्थित राप्ती नगरपालिका-४ की ४२ वर्षीया कुमारी प्रजाको भिरबाट खहरे खोलामा हाम फाल्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले चितवनले जानकारी दिएको छ।  कुमारीले श्रीमान् सँग घरायसी विवाद भएपछि हाम फालेकी थिइन्।

कुमारीले हाफ फालेपछि उनका श्रीमान् लीलाबहादुर प्रजाले पनि सोही भिरबाट हाम फालेका थिए।  लीलाबहादुर गम्भीर घाइते भएका छन् र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। यो दुःखद घटनाले घरायसी विवादले निम्त्याउन सक्ने गम्भीर परिणामहरूलाई उजागर गरेको छ। 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्