सेफ्टी ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु

बुधबार, असार ११, २०८२
honor २२ sept

काठमाडौँ - चन्द्रपुरमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१० बिनुवा टोलका १ वर्षीया खुश्बु साह र १ वर्षीय बालक रञ्जे साहको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

X7D

प्रहरीका अनुसार सोही वडाको हृदय पासवानको घरको  शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु हुने सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु र गम्भीरा साहको १ वर्षीय छोरा रञ्जे रहेका छन् ।  

रौतहट प्रहरीले दिएको जानकारी अनुसार गएराति पौने ८ बजेको समयमा ती बालबालिका एकाएक प्लाइले ढाकिएको सेप्टी ट्याङ्कीमा खसेका थिए ।  उनीहरुको  उद्धार गरी उपचारको लागि  प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर लगिए पनि चिकित्सकले दुवैलाई मृत घोषित गरेका दिए । 

रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्