बर्दियामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

आइतबार, असार ८, २०८२
Honor 600 pro

बर्दिया। बर्दियाबाट १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीका अनुसार बसन्तले ती बालिकालाई बलात्कार  गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

बसन्तसँग बलात्कार मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्