वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सामी क्रियाशील

शनिबार, असार ७, २०८२

नेपालगन्ज । सामी कर्मचारीहरुसंग छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले कर्मचारीहरुसंग छलफल तथा समिक्षा कार्यक्रम गरेको हो ।

नेपालगन्जमा आयोजित कार्यक्रममा कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि छलफलसंगै वार्षिक समिक्षा तथा सामी कार्यक्रमलाई चुस्त-दुरुस्त र अझ प्रभावकारी कसरी बनाउने, थप नतिजामूलक बनाउन सम्भावित चुनौतीहरुको कसरी सामना गर्ने लगायतका विषयमा अन्तरक्रिया गरिएको सामीका जिल्ला संयोजक कमल सिंह नेपालीले बताए । 

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ । आगामी आर्थिक बर्षदेखि डुडुवा र राप्तीसोनारीमा सामी कार्यक्रम सञ्चालन हुँदैछ । बाँकेमा आर्थिक बर्ष २०७५-०७६ देखि सामी कार्यक्रम सुरु भएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सामी कार्यक्रम क्रियाशील छ।

सामी कार्यक्रम ७७ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालित छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्