चितवनमा भयानक दुर्घटना,७ जनाको मृत्यु,२४ जना घाइते

शनिबार, असार ७, २०८२

काठमाडौं ।  चितवनको भन्डारा नजिक यात्रुवाहक बस र ईभी माइक्रो बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । 

Honor x7 pad

आज बिहान सवा १० बजे धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्र.१-००१ ख ३५८३ नं को यात्रुवाहक मितेरी बस र मकवानपुरबाट नारायणगढ आइरहेको  प्र ३-००१ ज २९९ नम्बरको ईभी माइक्रो बस पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ भण्डारा नजिक  भएको दुर्घटनामा २४ जना घाइते भएको सशस्त्र प्रहरी बल नं.१७ गण चितवनले जानकारी दिएको छ। 

मृतक सबै ईभी माइक्रो बसका यात्रुहरुको रहेको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित अस्पतालमा उपचार जारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किम हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्