रहस्यमय तरिकाले युवक र किशोरीको शव भेटियो

बुधबार, असार ४, २०८२
Rojgaar shaakhaa

काठमाडौं । अमलचौरीमा दुई जनाको शव फेला परेको छ।उदयपुरस्थित चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उदयपुर प्रहरीले दिएको जानकारी अनुसार  युवक र एक बालिकाको शव फेला परेको हो ।

घटनास्थलमा अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव  आज बिहान  फेला परेको हो । मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको  अवस्थामा  र  दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा मृत फेला परेको उदयपुर प्रहरीले जानकारी दिएको छ।

मञ्जु शव आज बिहानै स्थानीयले देखेपछि प्रहरीलाई  तत्काल खबर गरेका थिए । प्रहरी पुगेर हेर्दा मञ्जुको शवदेखि  दुई सय मिटर पर झुन्डिएको अवस्थामा रविन फेला परेका थिए।

प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै दुबै शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्