बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु

मंगलबार, असार ३, २०८२
Rojgaar shaakhaa

पाल्पा । अण्डा लिएर जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

पाल्पाको पूर्वखोला गाउँपालिका-५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा जीप मालिक बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका-११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका-७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सवारी चालक बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्काको अवस्था पनि गम्भीर छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्