सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । २७ वर्षीया श्रीमतीले आफ्नै ३८ वर्षीय श्रीमानको हत्या गरेकी छिन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले आफ्नै ३८ वर्षीय श्रीमान् रामु कुमाललाई धारिलो दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
प्रहरीले घटनास्थलबाट हतियारसहित मेखमाया कुमाललाई पक्राउ गरेको जनाएको छ । श्रीमान्–श्रीमतीबीच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचले जानकारी दिदै पक्राउ परेकी मेखमायासँग घटना बार् थप अनुसन्धान भइरहेको जनाएको छ।