एउटै जिल्लामा तीन जना मृत भेटिए

बुधबार, जेठ २८, २०८२
snake
Rojgaar shaakhaa

काठमाडौं । एकै जिल्लामा तीन जना मृत फेला परेका छन् । 

झापाको अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा-११ नयाँ बस्तीमा तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ।

झापा प्रहरीले दिएको जानकारी अनुसार आज बिहान अर्जुनधारा - ४ मा भेटिएको शवको परिचय अझै खुल्न सकेको छैन भने बिर्तामोड-२  मा फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा-११ नयाँ बस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन् । 

प्रहरीले मृत फेला परेका तीनवटै शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्