बाँकेमा जुत्ता चप्पल कारखानालाई २ लाख रुपैयाँ जरिवाना

मंगलबार, जेठ २७, २०८२
Rojgaar shaakhaa

नेपालगञ्ज । बाँकेमा एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमनका क्रममा जानकी गाउँपालिका वडा नम्बर ३ स्थित लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

अधिकतम् मूल्य =एमआरपी)कायम नगरी जुत्ता चप्पल बजारमा विक्रि वितरण गरेको पाइएपछि जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले बताए । कुनै पनि सामान उत्पादन गरेपछि अनिवार्यरुपमा त्यसको एमआरपी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५, को दफा ३८ को खण्ड (ङ)बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको खत्रीले जानकारी दिए ।

चालू आर्थिक बर्षको यो सबैभन्दा ठूलो जरिवाना भएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्