नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी बिदा

शुक्रबार, जेठ २३, २०८२

नेपालगन्ज । नेपालगन्ज  उपमहानगरपालिकामा गर्मी बिदा दिइएको छ । 

नेपालगन्ज क्षेत्रमा भइरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले एक हप्ता गर्मी बिदा दिइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्जका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा जेठ ३० गतेसम्म गर्मी बिदा दिइएको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्