सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई निलम्बन गर्दै आजै नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन्।
सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआएको पाएर गुरागाईँले पाण्डेलाई निलम्बन गरेका हुन् ।