डुडुवाबाट ५० ग्राम बढी ब्राउन सुगर र मोटरसाइकलसहित दुई युवक पक्राउ

मंगलबार, जेठ २०, २०८२

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको पूर्वी सीमा नाकाबाट ५० ग्राम बढी ब्राउन सुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो र  सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई युवकलाई पक्राउ गरेको छ। 

Honor x7 pad

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र  डुडुवास्थित बिओपी खडैचाको संयुक्त टोलीले सोमबार दिउँसो  डुडुवा-१ चौफेरीबाट नेपालगञ्ज उपमहानगरपालिका-२१ का २२ वर्षीय अब्दुल करिम खान र सोही स्थानकै १८ वर्षीय बाबु बेहनालाई ५० ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

भारतको सीमावर्ती गाउँ हुँदै मोटरसाइकलमा लागुऔषध भित्रिदै गरेको सूचना आए लगत्तै नेपालगन्जबाट  गएको लागुऔषध नियन्त्रण ब्यूरोको टोली र बिओपी खडैचाको टोलीले अब्दुल र करिमलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको ब्राउन सुगर बराबर गरेको बाँके प्रहरीले  जनाएको छ।

प्रहरीका अनुसार उनीहरु सवार भारतीय नम्बर प्लेट युपी ४० डब्लु १९२२ रहेको मोटरसाइकल र एक थान मोबाइल समेत बरामद गरिएको छ।  उनीहरुले उक्त ब्राउन सुगर भारतको बहराइच वा नानपाराबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ।

बरामद गरिएको ब्राउन सुगर, मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके ल्याइएको  प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्