नेपालगञ्जकी मोनिकाले जितिन 'मिनि मिस ग्लान इन्टरनेशनल २०२५' को उपाधि

आइतबार, जेठ १८, २०८२

काठमाडौं । नेपालगञ्जकी मोनिका कठायतले फिलिपिन्समा ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’ को उपाधि जितेकी छन् ।

नेपालगञ्ज उपमहानगरपालिका १३ बस्ने कडायतले मे २४ देखि २९ गतेसम्म फिलिपिन्सको मेनिलामा सञ्चालन भएको सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेसनल २०२५’ अन्तर्गत उक्त सब(टाइटल जितेकी हुन् । मोनिका नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत छिन्।

उपाधि चुमेर नेपालगञ्ज फर्केपछि उनले देशको झण्डा विश्वसामु फर्फराउन पाउँदा निकै खुशी भएको बताइन् । यो सफलताले अन्य प्रतियोगिताहरूमा समेत प्रतिष्पर्धा गर्ने आत्मबल र हौसला मिलेको उनको भनाई छ । उनीसँगै नेपालबाट प्रतियोगितामा सहभागिता जनाएका अन्य तीन जनाले समेत विभिन्न टाइटल उपाधि जितेका छन् । अग्रिमा कुँवरले ‘लिटिल मिस ग्लाम युनिभर्सल २०२५’ को उपाधि जितेकी छन्।

त्यस्तै नेपालकै मिरिञ्जा गाहाले  ‘सब टाइटल र मेडल थ्री मिस टिन ग्लाम वर्ल्ड २०२५’ र अभिनव न्यौपानेले  ‘सब टाइटल र मेडल–थ्री मिस्टर जुनियर ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेका छन् । ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेसनल–२०२५’ विश्वकै ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो । जसमा तीन वटा बालिका उपश्रेणी र दुई वटा किशोरी उपश्रेणी छन् ।

प्रतियोगितामा ट्यालेन्ट एण्ड गाला नाइट राउण्ड, नेसनल कस्टम राउण्ड, स्विमिङ कस्टम रिसोर्ट वेयर राउण्ड, फेशन शो, फर्मल लङ्ग इभिनिङ्ग ग्रोन स्पोर्टस राउण्ड र इन्ट्रोडक्शन राउण्ड समावेश थियो । प्रतियोगितामा विभिन्न देशका ७० बढी प्रतिष्पर्धीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्