४ हजार बढी दुर्घटनामा २ सय ४५ जनाको मृत्यु, ७१९ गम्भीर घाइते

शुक्रबार, जेठ १६, २०८२

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले २०८२ को बैशाख महिनामा दुर्घटनाबाट २ सय ४५ जनाको मृत्यु भएको जानकारी दिएको छ।

गत बैशाखमा देशभर भएका ४ हजार ५६५ वटा दुर्घटनामा परेर १८५ पुरुष,४१ महिला,१३ बालक र ६ जना बालिकाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

२ सय ४५ जनाको मृत्यु हुँदा उल्लेखित दुर्घटनामा ७ सय १९ जना गम्भीर घाइते भएका छन् । 

देशका ३ हजार ४९ स्थानमा भएका दुर्घटना अन्तर्गत सबैभन्दा बढी २ हजार ५ सय ६६ मोटरसाइकल दुर्घटना रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्