मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

मंगलबार, जेठ १३, २०८२

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको मध्यविन्दु नगरपालिका- ७  चोरमाराका २४ वर्षका नविन कुमाल र सोही स्थानका २२वर्षीय रादिम मिधुन रहेका छन् । 

प्रहरीका अनुसार मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलमा  बाटो चिप्लो भएका कारण अनियन्त्रित भएर आज बिहान लु९प ८११६ मोटरसाइकल  दुर्घटना भएको थियो। 

प्रहरीले दिएको जानकारी अनुसार अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको  उक्त  मोटरसाइकल दुर्घटनामा पश्चिम नवलपरासीस्थित बर्दाघाट नगरपालिका-५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका मनिषलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको नवलपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्