सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ ले आफ्नै वडा कार्यालय भवन बनाएको छ ।
नवनिर्मित वडा कार्यालयको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् । वडा अध्यक्ष जबर अलि बेहनाको अध्यक्षतामा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । करीब ३५ लाख लागतमा वडा कार्यालय भवन निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नगरभित्रै रहे पनि पिछडिएको क्षेत्रको रुपमा रहेको वडा नम्बर २३ लाई प्राथमिकतामा राखेको बताए । वडामा भौतिक पूर्वाधार विकाससंगै शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि लगानी बढाउनुपर्ने देखिएको उनको भनाई छ । नगर प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले वडा नम्बर २३ को विकासका लागि समग्र नगर कार्यपालिका गम्भीर र संवेदनशिल रहेको बताए।
उद्घाटन कार्यक्रममा भवनका लागि जग्गादाता स्वर्गीय राजेश्वरीदेवी चौहानका तीन जना छोराहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन वडा सचिव इन्द्र बहादुर केसीले गरेका थिए ।