ग्यास सिलिन्डर लिक भएर आगलागी,दिदीभाइको मृत्यु

सोमबार, जेठ १२, २०८२

कपिलवस्तु । खाना बनाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा दिदीभाइको मृत्यु भएको छ। 

Honor x7 pad

कपिलवस्तुको शुद्धोदन गाउँपालिकाको जयनगरमा  ग्यास सिलिन्डर लिक भएर  आगलागी हुँदा दिदी  १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

कपिलवस्तु प्रहरीका अनुसार आगलागीबाट गम्भीर घाइते भएकी सोनमको  युनिभर्सल मेडिकल कलेज भैरहवामा    उपचारका क्रममा र शिवकुमारको उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा लैजाँदा बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कपिलवस्तुले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्