सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले वन व्यवस्थापनका लागि कार्यविधि बनाउन लागेको छ । वन ऐनलाई कार्यान्वयन गर्नका निमित्त कार्यविधिको ड्राफ्टमाथि पहिलो चरणमा पालिकामा छलफल गरिएको पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार पालिकाभित्र रहेका वनहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पुर्याउन वन ऐनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । ‘वन व्यवस्थापनका लागि पालिकाले ऐन ल्याइसकेको छ,'उनले भने, 'त्यसको कार्यान्वयनका लागि कार्यविधि बनाउन लागिएको हो ।’ उक्त कार्यविधिमा वन संरक्षणको विषयलाई मात्रै नजोडेर वन र वन्यजन्तुबाट हुने क्षती न्यूनीकरण र राहतको विषयलाई पनि जोडिएको उनले बताए ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा सम्वद्र्धन परियोजनाको सहयोगमा निर्माण गरिएको प्रारम्भिक मस्यौदामाथि सम्वद्ध सरोकारवालाहरुले महत्वपूर्ण सुझाव दिएको सहजकर्ता रामबहादुर भण्डारीले बताए । उनका अनुसार स्थानीय जनप्रतिनिधि, वनसँग सम्बद्ध सरोकारवाला निकायहरुले महत्वपूर्ण सुझाव दिएकाले मस्यौदामा ती कुराहरु थपिनेछ । ‘वन व्यवस्थापनका सम्बन्धमा राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वन व्यवस्थापन कार्यविधि निर्माणका लागि महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन्,'उनले भने–‘प्राप्त सुझावहरुलाई समेटेर पालिकाबासीको हित हुने गरी कार्यविधिलाई अन्तिम रुप दिइनेछ ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नं. १ का वडा अध्यक्ष यम बहादुर खड्का, वडा नं.३ का वडा अध्यक्ष मिन कुमार थारु, वडा नं.५ का वडा अध्यक्ष झगरु थारु, वडा नं. ८ का वडा अध्यक्ष शालिकराम डाँगी लगायतको उपस्थिति रहेको थियो ।
कार्यविधि बनाउँदा कम्तीमा पनि उपभोक्ताको हितलाई ध्यान दिन उनीहरुले सुझाव दिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।