लुक्ला उडेको समिट एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

सोमबार, जेठ ५, २०८२
Honor 600 pro

काठमाडौँ । लुक्ला उडेको समिट एयरको जहाज बीचबाटै फर्किएर काठमाडौँमा आकस्मिक अवतरण गरेको छ।

काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि आज बिहान आकस्मिक अवतरण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाप्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमानचालकले काठमाडौँ फर्काउने निर्णय लिएका थिए। विमान बिहान ७ बजेर २४ मिनेटमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरेको हो।

विमानको इन्जिनमा समस्या देखिएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए र सबै यात्रु सुरक्षित रहेको पनि कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्