सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि बाँकेको कोहलपुरमा आजदेखि बीट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको उक्त तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका छन् ।
आचार्यले पत्रकार महासंघसँगको संस्थागत सहकार्यका लागि कोहलपुर नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले आग्रह र पूर्वाग्रहबाट सञ्चार कर्म नगर्न सुझाव दिए । उनले भने–‘जनप्रतिनिधिहरुलाई खवरदारी गर्नु तपाईंहरुको दायित्व हो । त्यो आवश्यक छ । तर, आग्रह र पूर्वाग्रहबाट पत्रकारिता गर्नुभयो भने आफैं पलायन हुने स्थिति आउन सक्छ । यसतर्फ ख्याल गर्न आग्रह गर्दछु ।’ उनले पत्रकारिता पेशालाई व्यवसायिक बनाउन आग्रह गरे । स्थानीय संचारकर्मीको प्रोत्साहनका लागि कोहलपुर नगरपालिका प्रतिवद्ध रहेको पनि बताए । कोहलपुर नगरपालिकाभित्र रहेका सञ्चारकर्मी र स्थानीय मिडियाको प्रोत्साहनका लागि सञ्चार नीति बनाउने अन्तिम तयारीमा पालिका रहेको पनि उनले बताए ।
तालिम उद्घाटनमा नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईलेले पछिल्लो समय बीट पत्रकारिताप्रतिको आकर्षण बढ्दै गएको बताए । उनले पत्रकारितालाई व्यवसायिक बनाउन र पेशागत दक्षतामा बीट पत्रकारिताको ठूलो सम्भावना रहेको पनि औंल्याए । उनले आफ्नो पेशागत जीवनमा आचारसंहिताको पूर्ण पालना गर्न पनि सबैलाई अनुरोध गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारितामा अनुशासन जरुरी रहेको बताए । कतिपय सवालमा पत्रकारहरुले आफ्नो सीमा रेखा पार गरेको अवस्थाले समस्या सिर्जना गर्ने गरेको भन्दै यो तालिमका माध्यमबाट पेशागत जीवनलाई सहज हुने विश्वास दिलाए । कोहलपुर नगरपालिकाले सञ्चार क्षेत्रलाई प्राथमिकता दिएको भन्दै उनले प्रशंसा समेत गरे ।
पत्रकार महासंघ बाँकेका जिल्ला सचिव कृष्ण ओलीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव भगतराम थारुले गरेका थिए । तालिमको पहिलो दिन नेपाल पत्रकार महसंघका लुम्विनी प्रदेश अध्यक्ष चौलागाईँले पत्रकार आचारसंहिता, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले खेलकुद बीट र कान्तिपुरकर्मी रुपा गहतराजले मिडियामा महिला मुद्दाका सवालमा सहजीकरण गरेका छन्।