कपिलवस्तुमा मर्निङ वाकमा हिंडेका दुई महिलाको कारको ठक्करबाट मृत्यु

शुक्रबार, जेठ २, २०८२
honor २२ sept

कपिलवस्तु मर्निङ वाक गएका दुई जना महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। 

X7D

कपिलवस्तुस्थित वसन्तपुरमा कारले बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई आज बिहानै पौने ६ बजे  कारले ठक्कर दिएको थियो।

कार ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पत्थरकोट–गोरुसिङ्गे सड्क खण्डमा बाटो काट्ने  क्रममा शान्ता र तिलकुमारीलाई बिएबी–९५९९ नम्बरको कारले ठक्कर दिएको थियो।

ठक्कर दिने कार र रुपन्देहीको सैनामैनाका  ३२ वर्षीय चालक खिमराज श्रेष्ठलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जानकारी दिएको छ। 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्