सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बढिरहेको गर्मीसँगै पछिल्लो केही दिनयता देशका विभिन्न स्थानको तापक्रम बढिरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रबाहेक अन्य भागमा अधिकतम आज तापक्रम ३० डिग्री सेल्सियसमाथि रहने देखिएको छ । तापक्रम बढ्नेमा दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही, बराको सिमरा र जनकपुरमा ३७ डिग्री सेल्सियसदेखि ३९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । काठमाडौँमा आज अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्ने बताइएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।