टिपर सडकदेखि सय मिटर तल खस्यो, चालकको घटनास्थलमै मृत्यु

आइतबार, वैशाख २८, २०८२
Honor 600 pro

काठमाडौं । टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। 

प्रहरीका अनुसार आज बिहान काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ हेलम्बु राजमार्गमा बा४ख ३३६३ नम्बरको टिपर दुर्घटना हुँदा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

बालुवा लोड गरेर जाँदै गरेको टिपर उकालोमा अचानक ब्याक भएर सडकदेखि १ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। 

 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्