डुडुवाको बाढी प्रभावित क्षेत्र पाझामा आकस्मिक आश्रय स्थल निर्माण शुरु

शनिबार, वैशाख २७, २०८२

बाँके । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रय स्थल निर्माण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगञ्जमार्फत आश्रय स्थल निर्माणको कार्य शुरु भएको हो । 

पाझा गाउँमा आज एक कार्यक्रमका बीच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उक्त भवनको शिलान्यास गरे । बाँके जिल्लाकै सबैभन्दा बढी प्रभावित क्षेत्र अन्तर्गत रहेका गाउँका बाढीपीडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रय स्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताए । उनले विपद्को वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि स्थानीयले उक्त भवन उपयोग गर्न मिल्ने बताए । 

पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर ९संरचना० मात्र बन्नेछ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगञ्जका इन्जिनियर बसन्ता बुढाथोकीले बताइन् । उनका अनुसार ठूलो हल, दुई कोठा, शौचालय, भान्सा निर्माण हुनेछ ।

रु. १ करोड १८ लाख ९७ हजार ५५५ को लागतमा सञ्जय निर्माण सेवा हेटांैडाले २०८२ असार १५ गतेसम्म निर्माण गर्ने गरी सम्झौता भएको इन्जिनियर बुढाथोकीले बताइन्। 

शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद बर्मा लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले बाढी प्रभावितहरुका लागि करीब आधा दर्जन आश्रय स्थल निर्माण गरिसकेको छ ।  

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्