भारत-पाकिस्तान युद्ध: आईपीएलका सबै खेल रद्द

शुक्रबार, वैशाख २६, २०८२
honor mob  winter sales

काठमाडौँ । भारत र पाकिस्तानबीचको तनावका कारण भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) रद्द गरिएको   छ । 

भारतीय नियन्त्रण क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल रद्द भएको जनाएको हो । 

आईपीएलमा १२ लिग खेल खेल्न बाँकी थियो । फाइनल २५ मे मा हुने कार्यक्रम तय भएको थियो। 

समाचार एजेन्सी पीटीआईले बीसीसीआई सूत्रको प्रयोग गर्दै देशमा युद्ध चलिरहेका बेलमा क्रिकेट खेल्न मैदानमा बम आक्रमण हुन सक्ने सूचनामा आधारमा सबै खेल रद्द गरिएको बताएको छ । 

गएराति नै किंग्स इलाभेन पञ्जाब र दिल्ली क्यापिटल्सबीचको खेल चरिहँदा राति फ्लडलाइट बन्द गरेर दर्शकलाई घर जान भनिएको थियो । सहरमा ब्ल्याकआउट गरिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्