सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित बाले गाउँमा पहिचान नखुलेको महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज-१४ बाले गाउँको हिरमिनिया जाने सडकमा बैशाख २४ गते ६ बजे अन्दाजी ४०/४५ वर्षीय महिलाको शव फेला परेको हो।
सडक किनारमा घोप्टो परेको अवस्थामा फेला परेको महिलाको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।
बाँके प्रहरीले अनुरोध गर्दै भनेको छ-" हाल मृतक महिलाको शव भेरी अस्पतालको शव गृहमा राखिएको छ। माथि उल्लेखित व्यहोरा अनुसारको मृतक महिलालाई चिन्नहुनेले भेरी अस्पतालको शव गृहमा गएर शवको पहिचान गर्नुहोला।"