सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का मुस्लिम समुदायका ३० जना महिलाहरुले सेनेटरी प्याड बनाउन सिकिरहेका छन् ।
मुस्लिम समुदायका महिलाहरुलाई स्वस्थ जीवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा गरिएको तालिम आजदेखि तीन दिनसम्म चल्नेछ । तालिमबाट महिलाहरुले सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिइएको छ ।
लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा तालिम गरिएको हो। मुस्लिम समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन सेनेटरी प्याड बनाउने मात्र नभएर अन्य बिषयमा पनि जानकार बनाउन आवश्यक रहेको सांसद श्रेष्ठले बताइन् । उनले तालिम संचालन गर्नु अगाडि मुस्लिम समुदायका महिलाहरुको अपेक्षाबारे अध्ययन गरिएको बताइन् ।
तालिमको सहजीकरण पुष्पा शर्माले गरिरहेकी छिन् । उनले १७ बर्षदेखि ३६ बर्ष उमेर समूहका महिलाहरुले सेनेटरी प्याड बनाउन सिकिरहेको बताइन् । घरेलु सेनेटरी प्याडको प्रयोग गर्दा बचत हुनुका साथै वायु प्रदुषण पनि नहुने सहजकर्ता शर्माले बताइन् ।
उनका अनुसार एउटा प्याड कम्तीमा ४ महिनासम्म प्रयोग गर्न सकिन्छ । १ मिटर कपडाबाट ४ वटा प्याड बनाउन सकिने पनि उनले बताइन् ।