बसले रोखिराखेको भ्यान र मोटरसाइकललाई ठक्कर दियो,युवतीको मृत्यु हुँदा ३ जना घाइते

बिहीबार, वैशाख २५, २०८२
honor २२ sept

काठमाडौं बसले रोकिराखेको भ्यान र  मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

X7D

आज बिहान साढे ६ बजे काठमाडौंको कोटेश्वर-तीनकुने सडकमा बा३ख ७०६२ नम्बर बसले रातो बत्तीमा रोकिराखेको बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा प्र- ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भएर हाल ललितपुर बस्दै आएकी २३ वर्षीया नागिना तामाङको मृत्यु भएको हो। उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी जनाएको छ।

बसको ठक्करबाट २७ वर्षीय मोटरसाइकल चालक पदम थापामगर, शान्तिनगर घर भएका भ्यान चालक रत्न सार्की र बसमा सवार यात्रु काँडाघारी बस्ने २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

ठक्कर दिने बस र इलाम घर भएका ५९ वर्षीय चालक रामकुमार खड्कालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्