सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
भजनी । स्करपियोले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीय युवकको मृत्यु भएको छ।
कैलालीमा बीएबी ४५९२ नम्बरको स्करपियोले युपी ३१ एयु ७३२० भएको मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीय युवक कुलदीप धोवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
प्रहरीका अनुसार बाँकेको कोहलपुर-२ का ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्करपियोले उक्त मोटरसाइकललाई भजनी नगरपालिका-७ गणेशमान चोकमा ठक्कर दिएको थियो।
स्करपियोको ठक्करबाट गम्भीर घाइते भएका कुलदीपको उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भजलीले स्करपियो र चालक शेरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।