एक्कासी सडक भासिएपछि रोकिराखेको बोलेरो जमिनभित्रै बेपत्ता

शनिबार, वैशाख २०, २०८२
Honor 600 pro

काठमाडौं । एक्कासी जमिन भासिएपछि बोलेरो जिप बेपत्ता भएको छ। हेटौँडामा उपमहानगरपालिका- १६ र १७ को सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको रोकिराखिएको बोलेरो जिप भासिएर जमिनमुनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार माछा बोक्ने सिङ्गल क्याब बोलेरो जिप भासिएपछि  सडकमै पानीको दह बनेको छ। गाडी भासिएपछि चालक र सहचालकले जेनतेन निस्किएर ज्यान गोजाएको प्रहरी जानकारी दिएको छ। गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएको प्रहरीले जनाएको छ।

गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको स्थानीयले बताएका छन् ।

भासिएको गाडी पानीले गर्दा नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्