सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको राप्ती नदीमा डुबेर बाँकेमा आज एक बालकको मृत्यु भएको छ । साथीहरूसँग राप्ती नदीमा नुहाउन गएका राप्तीसोनारी गाउँपालिका- ३ बैसाका यज्ञबहादुर विकका १३ वर्षीय छोरा सफर बिकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अगैया र गोवारपुरको बीच भागमा पर्ने राप्ती नदीमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक बाल बहादुर घर्ती मगरले जानकारी दिएका छन् ।
आज दिउँसो पौने १२ बजेको समयमा उनी नदीमा डुबेको र खोजी गर्ने क्रममा दिउँसो २ बजेतिर शव फेला पारिएको घर्तीले बताए।
उनीसँग नुहाउन गएका अन्य साथीहरू सकुशल रहेको प्रहरीले जनाएको छ । विक स्थानीय सरस्वती माध्यमिक विद्यालय भवनियापुरमा अध्ययनरत थिए । प्रहरीले घटनाकाअ बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।