राप्तीसोनारीको बिनौना र भवनियापुर चोकमा सिसी क्यामेरा जडान

बिहीबार, वैशाख १८, २०८२
honor २२ sept

बैजापुर। बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानका चोकमा सिसी क्यामेरा जडान  गरिएको छ।

दुर्घटना न्यूनीरण र पहिचान , अपराधीक क्रियाकलाप निगरानी लगायत शान्तिसुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिएका छन् ।

प्रवक्ता खड्काका अनुसार यसअघि नै राप्तीसोनारी- ४ को बैजापुर चोक र वडा कार्यालय अगाडि सिसी क्यामेरा जडान भइसकेपनि अहिले आएर वडा नम्बर ३ भवनियापुर र वडा नम्बर ५ को बिनौना चोकमा सिसी क्यामेरा जडान गरिएको हो।

जडान गरिएका सिसी क्यामेराको कंट्रोल भने सिधै वडा कार्यालयबाट हुने खड्काले बताए। प्रवक्ता खड्का भन्छन् -" नयाँ बनेको हुलाकी सडकखण्डमा दुर्घटना हुने र  भागेर जाने सवारीसाधनको समेत पहिचान गर्न नसक्ने अवस्थामा र विभिन्न अपराधीक क्रियाकलाप समेत नियन्त्रण र निगरानीका लागि सिसी क्यामेराबाट ठुलो मद्दत पुग्नेछ।"

राप्तीसोनारी-४ स्थित इलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक बालबहादुर घर्तीले विभिन्न चोकमा जडान गरिएका सिसी क्यामेराले धेरै कुरामा मदत पुग्ने बताए। समाजमा हुन सक्ने विभिन्न किसिमका अपराध नियन्त्रण तथा निगरानी र अनुसन्धानका लागि समेत सिसी क्यामेराले ठुलो सहयोग गर्ने वरिष्ठ  सई घर्तीले जानकारी दिए।

साथै सिसी क्यामेराले दुर्घटना न्यूनीकरण गर्नमा र  स्थानीयले आफूलाई सुरक्षित महसुस गर्ने बाताबरण बनाउने सई घर्तीले बताए। उनले भने-"कुनै त्यस्तो अनुसन्धान गर्नुपर्ने भएमा सम्बन्धित वडा कार्यालयमा गएर आफैले नै सिसी क्यामेरामा कैद भएको दृश्य हेर्छौ।"

राप्तीसोनारीमा बेलाबेला हुने कतिपय घटना अब सिसी क्यामेरा जडान भएपछि क्यामेराको निगरानीमा आउने हुँदा त्यस्ता खाले घटनामा नहुनेमा बिनौनाका स्थानीय तथा शिक्षक शेखर रावत बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्