सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेमा खाल्डोमा गाडेको अवस्थामा बालकको शव फेला परेको छ । बैजनाथ गाउँपालिका-४ नउलापुरमा करीब १० वर्षीय बालकको शव फेला परेको हो।
खेतमा गाडेको अवस्थामा बालक कुशल बुढाको शव फेला परेको हो । बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाको छोरा भएको पुष्टि भएको छ ।
कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल ८ गतेदेखि हराएको भन्दै आमा यशोधाले ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन् ।
कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको थियो । शव भन्दा केही पर परालले छोपेको अवस्था साइकल र कुशलको टिसर्ट गाडिएको थियो ।
प्रहरीका अनुसार कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी थिइन् । कोहलपुरमा डेरा गरी सबै सँगै बस्थे ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको बताएको छ ।