जिप दुर्घटनामा ३ जनाको मृत्यु हुँदा २ घाइते

सोमबार, वैशाख १५, २०८२
Honor 600 pro

पाल्पा। जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन् ।

पाल्पाक रैनादेवी छहरा गाउँपालिका-१ मा लु ३ च २३५७ नम्बरको जिप दुर्घटनामा परेर रैनादेवी छहरा गाउँपालिका-१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।दुर्घटनामा जिप चालक २७ वर्षी रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन्। घाइते दुई जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप गए राति करिब सवा १० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्