ब्रेक फेल भएको ट्रकले भत्कायो दाउन्नेको होटेल

आइतबार, वैशाख १४, २०८२

नवलपरासी । मार्बल बोकेको ट्रकको ब्रेक फेल भएर होटेलभित्र छिरेको छ। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-२ दाउन्नेमा बजारमा रहेको एक होटेलमा आज ब्रेल फेल भएर छिरेको प्रहरीले जानकारी दिएको छ।

मार्बल लोड गरेर नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ८६७१ नम्बरको ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदै दाउन्नेस्थित धौलागिरी होटल एण्ड लज पूर्ण रुपमा भत्काएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ।

ट्रक होटेलमा छिरेपनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। उक्त धौलागिरी होटेलसँगै रहेको अर्को होटेलमा पनि क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्