भारतको आतंकवादी हमलामा मारिने युवक बुटवलका सुदीप न्यौपाने

बुधबार, वैशाख १०, २०८२

काठमाडौँ । भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी हमलामा परी मृत्यु भएका नेपाली युवक बुटवलका सुदीप न्यौपाने रहेको खुलेको छ। मंगलबार दिउँसो आतंकवादी हमलामा सुदिपसहित २६ जना पर्यटकको मृत्यु भएको थियो।

Honor x7 pad

परराष्ट्र मन्त्रालयले पाहलगममा आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–१४ बेलभरिया रुपन्देहीका सुदीप न्यौपानेको निधन भएको जानकारी दिएको छ।

मृतक बुटवल उपमहानगरपालिका वडावन-१४ बेलभरियाका सुदीप भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी चार दिन अघि आमा, बहिनी र बहिनी ज्वाइँसहित घुम्न गएको बताइएको छ । यतिबेला परिवारलगायत बेलभरिया शोकमा डुबेको छ । साथै सो आतङ्ककारी हमलामा परेर सुदिपकी आमा घाइते भएकी छिन् । 

उक्त हमलामा मारिनेमा विदेशी नागरिकमध्ये नेपालका सुदिप र  एक यूएईका र बाँकी सबै भारतीय हुन् । आतंकवादीले अन्धाधुन्ध गोली हानेर मार्नुपूर्व नाम, धर्म सोधिएको थियो । उक्त हमलाकारीलाई भारतीय प्रहरीले खोजतलास सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्