कालिकोटमा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

सोमबार, वैशाख ८, २०८२

नेपालगन्ज । कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लास्थित पालाँता गाउँपालिका-२ लार्फमा ट्याक्टर दुर्घटना हुँदा पलाँता–५ का अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको मृत्यु भएको छ। त्यस्तै मुगुको खत्याड गाउँपालिका–५ घर भएका ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कालिकोटले जानकारी दिएको छ। 

प्रहरीका अनुसार गए राति उक्त ट्याक्टर  पलाँता–९ थिर्पुबाट खिनको छलाहा जाँदै गर्दा राडुनेटा लार्फ भन्ने ठाउँमा दुर्घटना भएको हो।ट्याक्टर रातिको समय र कच्ची बाटो भएकाले दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान सुरु गरेको कालिकोट प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्