बोलेरो जीपमा करेन्ट लागेर आगलागी,४ जनाको मृत्यु

सोमबार, वैशाख ८, २०८२

काठमाडौं ।  पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो जीपमा विद्युतको तारमा अल्झिएर आगलागी हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभारा दर्शनका लागि गइरहेको मे१च ३०११ नम्बरको बुलेरो जीप फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ । मृतक आध्या सबिनाको छोरी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा खसेको र त्यसमा गाडी अल्झिएपछि आगो लागेको थियो।

प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पठाएको छ। आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्