बुटवलमा एक महिलामाथि गोली प्रहार

शनिबार, वैशाख ६, २०८२

रुपन्देही । रुपन्देहीमा एक महिलामाथि गोली प्रहार भएको छ। बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि आज बिहान करिब साढे ९ बजे गोली प्रहार भएको हो।

Honor x7 pad

रुपन्देही प्रहरीले दिएको जानकारी अनुसार टिकाको ढाडमा गोली लागेर उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गोली लागेर गम्भीर घाइते भएकी टिकाको पाल्पा भएर हाल बुटवल बस्दै आएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। विस्तृत विवरण आउँन बाँकि ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्