चट्याङ लागेर तीन जनाको मृत्यु, ७ जना घाइते

बिहीबार, चैत २८, २०८१

नेपालगन्ज । लुम्बिनी प्रदेशसहित विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।
चट्याङ लागेर मृत्यु हुनेमा रोल्पा नगरपालिका- १० कुटिबाङकी १५ वर्षीया किशोरीको मृत्यु भएको हो। ती किशोरी सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएका बेला चट्याङ लागेको थियो ।

Honor x7 pad

त्यसैगरी डोटीमा पनि एक जनाको मृत्यु भएको छ । चट्याङ  लागेर  सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका-६ दल्लेखमा गए राति चट्याङ लाग्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो। त्यसैगरि चट्याङ लागेर मृतक कमलाका ४ सन्तान घाइते छन् ।

घाइते हुनेमा कमलाका १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा  स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि छन् ।  घाइते भएका सबैको    जिल्ला अस्पताल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

बझाङमा पनि बुधबार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्