पिकअप भ्यान पल्टिँदा दुई जनाको मृत्यु, २२ घाइते

मंगलबार, चैत २६, २०८१
Honor 600 pro

रुपन्देही । रुपन्देहीको भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ वर्षीया  बालिका र ४८ वर्षीया महिलाको  मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।प्रहरी का अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन।

रुपन्देही प्रहरीले दिएको जानकारी अनुसार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलिया गाउँको शिवगढिया मोडमा गए राति लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँएको थियो। 

दुर्घटनामा  शुद्धोधन गाउँपालिका-६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादव र गैँडहवा गाउँपालिका-१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादवको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका २२ जनामध्ये १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा र ३ जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार  तीव्र गतिमा गुडिरहेको भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो।  

प्रहरीले भ्यान चालक  कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुवाका २६ वर्षीय अशोक पासीलाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्